तुलसीपुरमा हिमालयन एभरेस्ट इन्स्योरेन्सकाे सेवा सुभारम्भ

 कार्तिक ०२, २०७९

तुलसीपुर । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड तुलसीपुरले आफ्नो सेवा सुभारम्भ गरेको छ । इन्स्योरेन्सले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ घाेराही राेडबाट सेवा दिन थालेको शाखा प्रमुख कैलाश चन्दले बताएका छन ।

सर्वसाधारणको मागलाई मध्यनजर गरि सरल रुपमा सेवा दिने लक्ष्यका साथ एक कार्यक्रमका बिच सेवा सुरु गरिएको हाे । विमा समितिबाट इजाजत प्राप्त इन्स्योरेन्सबाट मानव बाहेक सवारी सहित विभिन्न खाले विमा गर्न सकिने शाखा प्रमुख चन्दले बताए । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिएर हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडका रुपमा सेवा दिन थालेकाे हाे ।

तपाईंको प्रतिक्रिया