प्रेस चौतारीद्घारा तुलसीपुरमा सञ्चार डेस्क स्थापना

 कार्तिक ०५, २०७९


तुलसीपुर । प्रेस चौतारी दाङ शाखाले नेकपा एमालेकातर्फबाट संघ र प्रदेश सभाका उम्मेद्वारहरुका गतिविधि सञ्चार माध्यममा ल्याउन लागि तुलसीपुर क्षेत्रमा सञ्चार डेस्कको स्थापना गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम नेकपा एमाले संघीय क्षेत्र नम्बर ३ का उम्मेद्वार कोमल वलीले उद्घाटन गर्नुभएको हो ।
प्रेस चौतारी दाङ शाखाका कोषाध्यक्ष गोकर्ण पौडेलको अध्यक्षता एवम केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि वलीले उम्मेदवारहरुका गतिविधि सञ्चार माध्यममा ल्याउनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले जनता समक्षसंग उम्मेद्वारहरुले गरेका प्रतिबद्धताका विषयमा आम जनसमुदायमा ल्याउनका लागि आग्रह गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम प्रदेश सभाका उम्मेद्वार घनश्याम पाण्डेले सञ्चार माध्यम समन्वय,सन्देशका विषयवस्तुको गहिराइमा पुगेर जनसमुदाय समक्ष पु¥याउनका लागि आग्रह गर्नुभएको थियो । उहाँले एमालेले राष्ट्रियता,जनजीविकाका पक्षमा उठाएका आवाजलाई समेत सञ्चारमाध्यममा ल्याउनका लागि आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटिका सदस्य एवम क्षेत्र नम्बर ३ निर्वाचन निर्देशक टीकाराम खड्काले सञ्चार डेस्कलाई प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य दाङ इञ्चार्ज गणेश आचार्यले प्रेस चौतारीले एमालेकातर्फबाट निर्वाचनमा होमिएका उम्मेद्वारहरुका गतिविधिलाई विगतदेखि नै सञ्चार डेस्क माफ्त सञ्चारमाध्यममा ल्याएको बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी दाङका कार्यसमिति सदस्य माधव कडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन प्रेस चौतारी तुलसीपुरका अध्यक्ष वसन्त परियारले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया