यी कित्तामा बनेका संरचना हटाउन उपमहानगरकाे निर्देशन

 कार्तिक ०६, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सरकारी जग्गामा अनाधिकृतरुपमा बनेका संरचना हटाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाको नाममा रहेको वडा नम्बर ५ को ख को ५४४, ५४६, ५४७ र ४९९३ किता नम्बर र वडा नम्बर ५ कोे घ मा मा रहेको ८१२ किता नम्बरको जग्गामा बनेका संरचना हटाउन सुचना जारी गरिएको हो ।

नगरको जग्गामा अनाधिकृतरुपमा बनेका संरचना ३५ दिनभित्र हटाउन नगरले सुचना जारी गरेको हो ।

नगरकार्यपालिकाको गत भदौ २५ भएको तेस्रो नगरकार्यपालिका बैठकको निर्णय अनुसार नगरले कार्तिक ३ गते सोमबार ३५ दिने सुचना जारी गरेको हो ।

उपमहानगरको दर्ता श्रेष्ता जग्गामा अनाधिकृत रुपमा बनेका संरचना हटाउन भदौ १७ गतेकाे कार्यपालिका बैठककाे निर्णय अनुसार सुचना जारी गरेको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया