पाण्डेको अग्रसरतामा पहिलोपटक सहकारी विद्यालय सञ्चालनको अनुमती

 कार्तिक १५, २०७९

दाङ । दाङको तुलसीपुरमा देशभरमै पहिलो पटक सहकारी विद्यालय सञ्चालनमा आउने भएको छ । हाम्रो पहुँच माध्यमिक विद्यालयले सहकारी विद्यालय संचालनको अनुमति प्राप्त गरेको हो । तुलसीपुर–७ मा रहेको विद्यालयलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संचालन गर्ने अनुमति प्राप्त गरेको हो । सहकारीलाई तुलसीपुर उपमहानगरपालिकाले विद्यालय संचालनको अनुमति दिएको हो ।

सहकारी विद्यालय स्थापना, अनुमति, संचालन सम्बन्धि निर्देशिका २०७८ बमोजिम हाम्रो पहुँच माविलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तगर्तको सहकारी विद्यालयको रुपमा संचालन गर्न अनुमति प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलले जानकारी दिए । उपमहानगरपालिकामा यसअघि कुनै पनि सहकारीले विद्यालय संचालनको अनुमति नपाएको उहाँले बताउनुभयो । सहकारीले विद्यालय संचालन गर्ने अनुमति प्राप्त गरेको नेपालमै पहिलो रहेको बताईन्छ ।

नगरप्रमुख टिकाराम खड्काले सहकारीका अध्यक्ष शुक्रराज भण्डारी, सल्लाहकार भरत भण्डारी र विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीलाई विद्यालय संचालनको अनुमति पत्र प्रदान गरेका हुन ।

निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेको तत्परतामा सहकारी विद्यालय संचालनको निर्देशिका २०७८ जारी भएसंगै अहिले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीले विद्यालय संचालनको अनुमति प्राप्त गरेको हो । सहकारीले विद्यालय संचालन गर्ने अनुमति प्राप्त गरेको नेपालमै पहिलो भएको समेत उनले बताए । आफु नगर प्रमुख हुदा थालिएको यो पहलले आज सार्थकता पाएकोमा उनले खुसी ब्यक्त गरेका छन ।

तपाईंको प्रतिक्रिया