इङ्ल्यान्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

 कार्तिक १९, २०७९

इङ्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा श्रीलङ्कालाई ४ विकेटले हराउँदै इङ्ल्यान्ड समूह १ को उप विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

इङ्ल्यान्ड र अस्ट्रेलियाको ५ खेलबाट समान ७ अङ्क भए पनि इङ्ल्यान्ड नेट रनरेटका आधारमा सेमिफाइनलमा पुगेको हो । सिड्नीमा श्रीलङ्काले दिएको १४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १९ ओभर ४ बलमा ६ विकेट गुमाउँदै १४४ रन बनायो ।

इङ्ल्यान्डका लागि आलेक्स हेल्सले सार्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै बेन स्टोकले ४२ रन बनाउँदा जोस बट्लरले २८ रनको योगदान गरे । श्रीलङ्काका लागि वानिन्दु हर्शरंगा, लाहिरु कुमारा र धनन्जय डी शिल्भाले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

श्रीलङ्काका लागि पाथुम निसंकाले ६७ रनको अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै भानुका राजापाक्षले २२ रन बनाउँदा कुशल मेन्डिसले १८ रनको योगदान गरे । बलिङतर्फ इङ्ल्यान्डका लागि मार्क उडले तीन विकेट लिए । त्यस्तै वेन स्टोक, क्रिस ओक्स, श्याम करन र आदिल रासिदले एक–एक विकेट लिए ।

तपाईंको प्रतिक्रिया