तोलामा १४ सयले बढ्यो सुन

 कार्तिक २३, २०७९

काठमाडौं ।  नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १४ सयले बढेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया