विश्वकप क्रिकेट: न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा प्रबेश

 कार्तिक २३, २०७९

खराब सुरुवातसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको पाकिस्तानले बुधबार सानदार ढंगले ट्वान्टी-२० विश्वकपको फाइनल यात्रा तय गरेको छ ।

पाकिस्तानले प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान ट्वान्टी-२० विश्वकपको फाइनल पुगेको तेस्रोपल्ट हो ।
पछिल्लो ट्वान्टी-२० विश्वकपको उपविजेता न्युजिल्यान्ड भने यसपल्ट सेमिफाइनलमै रोकियो । जितका लागि १ सय ५३ मध्यम लक्ष्य पाएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाएर विजयी रन बनायो । उसका लागि कप्तान बाबर आजमले ५ चौकाको मद्दतले ५३ रन बनाए भने अर्का ओपनर मोहम्मद रिजवानले ५७ रन बनाए ।

उनले ७ चौका प्रहार गरे । उनीहरूले पहिलो विकेटका लागि १ सय ५ रनको शतकीय साझेदारी गर्दै जितको ठोस आधार तयार पारे । यस्तै मोहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो र पाकिस्तानको कसिकसाउ बलिङ अगाडि उसले खुलेर खेल्न सकेन ।

तपाईंको प्रतिक्रिया