पढ्नको लागि बाहिर जिल्ला जाने बाध्यता अन्त्य गरेका छौं: घनश्याम पाण्डे

 कार्तिक २५, २०७९

तुलसीपुर । दाङ्ग क्षेत्र नम्बर ३ क मा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले पढ्नको लागी बाहिर जिल्ला जानुपर्ने बाध्यताको अन्त्य गरेको बताएका छन । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ को पर्सेनीमा आज भएको चुनावि भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ‘कुनै बेला पढ्नका लागी पाल्पा चितवन काठमाण्डौं जाने बाध्यता थियो तर आज हामिले अन्त्य गरेका छौ’ – पाण्डेले भने । ‘तुलसीपुरको गौरवका रुपमा रहेको मेट्रो कलेज स्थापनाले गरिव तथा विपन्न बर्गको समेत पढ्ने सपना पुरा भएको छ’ । आफु स्थानिय निर्वाचनमा विजयी हुदा तुलसीपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने उद्देश्य अनुरुप स्थापना भएको कलेजमा आज टाढा टाढाबाट विद्यार्थीहरु आएर अध्ययन गरेको उनले बताएका छन ।

उनले तुलसीपुरका छात्रालाई निशुल्क प्राविधिक शिक्षा भन्ने कार्यक्रमले समेत प्रभावकारी रहेको बताए । पढ्ने ईच्छा छ तर पैसा छैन यो समस्यालाई बुझेर सुरुवात गरेको कार्यक्रमबाट सयौं किशोरी विभिन्न विद्यालयमा निशुल्क अध्ययन गरेको समेत उनले बताए ।

तपाईंको प्रतिक्रिया