त्रिविद्वारा मंसिर ५ गतेसम्म सबै क्याम्पस तथा कार्यालयमा बिदा

 कार्तिक २५, २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मंसिर १ गतेदेखि ५ गतेसम्म सबै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको छ । त्रिविले शुक्रबार एक सूचना जारी गर्दै आसन्न निर्वाचनका कारण बिदा दिने निर्णय भएको जनाएको हो ।

निर्वाचनका लागि मतदान केन्द्र राखिएका कतिपय क्याम्पस/कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएका र मत गणना केन्द्र समेत राखिएकाले बिदा दिने निर्णय भएको त्रिविले जनाएको छ । मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ ।

तपाईंको प्रतिक्रिया