टि- २० विश्वकपको उपाधि इंग्ल्यान्डले जित्यो

 कार्तिक २७, २०७९

काठमाडौं । अष्ट्रेलियामा भर्खरै सम्पन्न टी- २० विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ । मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्डले उपाधि जितेको हो ।

फाइनलमा इंग्ल्यान्डले कसिलो बलिङ गरेपछि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएपछि इंग्ल्यान्डले १३७ रनको लक्ष्य पाएको थियो ।

८० हजार ४६२ दर्शकमाझ भएको फाइनल खेलको जवाफमा औषत सुरुआत गरेको इंग्ल्यान्डले एक ओभर बाँकी रहँदै पाँच विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको हो ।

तपाईंको प्रतिक्रिया