लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा यी कलाकार आउने

 कार्तिक २९, २०७९

तुलसीपुर । दाङको तुलसीपुरमा संचालन हुने प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिएको छ । आगामी मंसिर १५ देखि २६ गतेसम्म संचालन हुने महोत्सवमा स्टल निर्माणदेखि मञ्च व्यवस्थापनको काम भइरहेको छ भने महोत्सवमा आउने राष्ट्रिय तथा स्थानीय कलाकारको टुंगो लागेको छ ।

युथ्स अफ तुलसीपुरको आयोजनामा ओम शान्ति सिनेमा हलको पूर्वतर्फ महोत्सव संचालन हुन लागेको क्लबका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो । आयोजक क्लबले सोमबार महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक गरेको छ ।
महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने भएका हुन् ।

यसैबिच महोत्सवमा स्टल बुकिङ पनि भइरहेको छ । स्टल संयोजक सन्तोष लामिछानेका अनुसार महोत्सवमा युवा व्यवसायीलाई १० वटा स्टल निशुल्क प्रदान गरिने भएको छ । यस्तै व्यवसायको प्रकृति अनुसार स्टलको भाडादर पनि फरक(फरक निर्धारण गरिएको छ । स्टल बुकिङ गर्दा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपीसहित भाडा तथा व्यानर धरौटी अग्रिम बुझाउनुपर्ने स्टल संयोजक लामिछानेले बताउनुभयो ।

स्टल बुकिङको अन्तिम मिति मंसिर १० गतेसम्म तोकिएको छ । स्टल बुकिङका लागि फारम खुल्ला गरिएकोले इच्छुक व्यवसायीले सम्पर्क गर्न पनि संयोजक लामिछानेले अनुरोध गर्नुभयो ।

तपाईंको प्रतिक्रिया