विश्वकप : यी खेलाडीले बनाउनेछन् रोचक

 कार्तिक ३०, २०७९

विश्वकप फुटबल आगामी आइतबार कतारमा सुरु हुँदै छ। विभिन्न देशका खेलाडी धमाधम कतार पुग्दैछन्। कतार विश्वकपका लागि टिमले युवा र अनुभवी खेलाडी मिलाएर टिम निर्माण गरेका छन्। केही फरक खेलाडीका कारण यो विश्वकप रोचक बन्ने देखिएको छ।

कान्छा खेलाडी युसोफा 

यो विश्वकप प्रतियोगिताकै सबैभन्दा कान्छा खेलाडी जर्मनी टिममा छन्। उनी हुन्, जर्मनीका युसोफा मौको। उनी अहिले १७ वर्षका भए। उनको जन्म २० नोभेम्बर २००४ मा भएको हो।

पाका खेलाडी अलफ्रेडो

यो विश्वकपको सर्वाधिक पाका खेलाडी मेक्सिकोका अल्फ्रेडो टलाभर हुन्। उनी ४० वर्षका छन्। उनको जन्म १८ सेप्टेम्बर १९८२ मा भएको हो।

होचा खेलाडी इलाइस

त्यस्तै प्रतियोगितामा सबैभन्दा होचा खेलाडी इलाइस चेयर हुन्। उनको उचाइ ५ फिट २ इन्च अर्थात् १ सय ५८ सेन्टिमिटर छ। मोरक्कोबाट राष्ट्रिय टिममा सहभागी उनी टिमका महत्त्वपूर्ण सदस्य हुन्।

सबैभन्दा अग्ला खेलाडी एनड्रिस

कतार विश्वकपमा सहभागी भएका सबैभन्दा अग्ला खेलाडी नेदरल्याण्डका एनड्रिस नोपर्ट हुन्। उनी ६ फिट ६ इन्च अर्थात् २ सय ३ सेन्टिमिटर अग्ला छन्।

तपाईंको प्रतिक्रिया