गठबन्धन सरकारको अर्को उपहार: योजना सम्पन्न भएपछि बजेट कटौति

 कार्तिक ३०, २०७९

तुलसीपुर । तुलसीपुर ११ उरहरी चोकदेखि अमर माध्यमिक विद्यालयमा जाने सडक नालाको योजना सम्पन्न भएपछि बजेट कटौति गरिएको छ । संघीय शहरी विकास मन्त्रालयले योजना कार्यान्वयनमा लागि बजेट पठाएको थियो । बजेट पठाएपछि उपमहानगरपालिकाले योजना सम्पन्न गरेको छ । आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको अवस्थामा बजेट कटौति गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो – ‘हामीले उपभोक्ता समितिमार्फत योजना कार्यान्वयनमा लग्यौ ७० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा बजेट कटौति गरेको मन्त्रालयले पत्राचार ग¥यो’ मन्त्रालयमा लिखित र मौखिक रुपमा बजेट कटौति भएको जवाफ पाइयो ।

संघीय मन्त्रालयले संघीय बजेट मार्फत श्रीमणि मार्गमा नाला निर्माणका लागि साउन महिनामा ४९ लाख बजेट पालिकामा पठाएको थियो । बजेट पठाएको दुई महिना नपुग्दै शहरी विकास मन्त्री मेटमणि चौधरीको ठाडो निर्देशनमा बजेट कटौति गरिएको छ । बजेट कटौति गरेपछि काम सम्पन्न भइसकेको अवस्थामा तत्काल भुक्तानी प्रक्रिया अघि बढाउनका लागि पालिकाले मन्त्रालयलमा पत्राचार समेत गरेको छ । अहिले २२ लाखको काम सम्पन्न भइसकेको छ । मन्त्रालयले बजेट कटौति गरेकाले पाकिालबाटै भुक्तानी गर्नका लागि पत्राचार गरेको छ ।

पालिकाले भने आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन भइसकेको अवस्थामा मन्त्रालयले गरेको त्रुटीका कारण संघीय बजेटको योजनामा रकम भुक्तानी गर्न नसकिने जनाएको छ । मन्त्रालय स्रोतले मन्त्रीकै ठाडो निर्देशनमा पठाइएको बजेट कटौति गरेको जनाएको छ । मन्त्री चौधरीले तत्कालै २२ करोड पठाउछु भनेपनि बजेट मार्फत योजनामा समेत रकम कटौति गर्दा भुक्तानी गर्नका लागि समस्या सिर्जना भएको बताइएको छ । गठबन्धनको लुम्बिनि प्रदेश सरकारले शंकर पोख्रेलले अघि सारेका विकास निर्माणका कामहरु समेत कटौती गरेको थियो । फेरी निर्माण सम्पन्न हुन लाग्दा सघिय सरकारले नै बजेट टौती गरेपछि जनतामा निराशा छाएको छ ।

तपाईंको प्रतिक्रिया