आर्थिक अभावका कारण शव नेपाल ल्याउन समस्या

 मङि्सर ०१, २०७९

तुलसीपुर । उपचारको क्रममा भारतमा निधन भएपछि आर्थिक अभावका कारण शव ल्याउन समस्या भएको छ । जिल्लाको शान्तिनगर गाउपालिका वडा नम्बर ७ गैरातिल्वारि निवासि मन कुमारि चौधरीको उपचारको क्रममा निधन भएको थियो । प्रेसरले हानेर उपचारको क्रममा भारतको लखनउमा मृत्यु भएको आफन्तीले जानकारी दिएका छन ।

अहिले अस्पताललाई दिनुपर्ने रकम नहुदा शव नेपाल ल्याउन ल्याउन समस्या भएको स्थानिय विद्यार्थी रोहित शर्माले जानकारी दिएका छन । घरको आर्थिक अवस्था कमजोर भएकोले आफन्तीले आर्थिक सहयोग गरिदिनहुन अनुरोध गरेको उनले जानकारी दिएका छन । सहयोगको लागी आफन्ती ९८०९७६०८५५ मा सम्पर्क गर्न सकिने छ ।

तपाईंको प्रतिक्रिया