मतदानका लागि बुथ निर्माण

 मङि्सर ०३, २०७९

तुलसीपुर । भाेलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । दाङ जिल्लाका १५३ मतदानस्थलमा रहेका ४६५ वटा मतदान केन्द्रमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीले बुथ निर्माण गरिरहेका छन् ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष रूपमा बनाउनका लागि स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेर मतदान केन्द्र व्यवस्थापनको काम भइरहेको मतदातन अधिकृतहरूले बताएका छन् ।

मतदान स्थलमा सरसफाइदेखि डोरी लगाएर मतदानका लागि बुथ केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दाङमा स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । निर्वाचनमा ३ हजार ७२० कर्मचारी तथा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिनुभयो । जसमा नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालित छन् ।

जिल्ला सुरक्षा समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी रेग्मीले सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन हुने बताउनुभयो ।

तपाईंको प्रतिक्रिया