बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा

 मङि्सर ०५, २०७९

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मतपेटिका पुर्‍याएर फर्कँदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “तीन जनाको मृत्यु भएको भन्ने खबर आएको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदै छु ।”

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

तपाईंको प्रतिक्रिया