दाङ – ३ मा गठबन्धनका उम्मेदवार गिरीकाे अग्रता कायमै

 मङि्सर ०६, २०७९

तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा उनले दुई हजार चारसय ३० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४० मत प्राप्त गरेकी छन् ।

निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार रास्वपाका कमल सुवेदिले १ हजार मत ल्याएका छन । याे क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ३२ मत खसेको थियो ।

तपाईंको प्रतिक्रिया