दाङ -३(२) मा गठबन्धनबाट मास्की विजयी

 मङि्सर ०८, २०७९

तुलसीपुर । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश) विजयी भएका छन् । प्रदेशसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले २२ हजार तीन सय २१ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हुकुम बस्नेतले २० हजार एक सय ५८ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर दुई हजार एक सय ६१ रहेको छ ।

मास्की पहिलो पटक संसदमा प्रवेश गर्ने अवसर पाएका छन् । उनी जनयुद्धका चर्चित कमाण्डर पनि हुन् ।

त्यस्तै निर्वाचनमा राप्रपाका भुपाल रावतले तीन हजार चार सय १९, मंगोल नेश्नल अर्गनाइजेशनका शुशिल चौधरीले पाँच सय ६२ , स्वतन्त्र उम्मेदवार अृमता कुमारी बस्नेतले चार सय ५०, दुर्गा बहादुर वलीले दुई सय ७८, गणेशबहादुर बस्नेतले एक सय ५९ राजन डाँगीले एक सय २०, भुपबहादुर विकले एक सय १८ मत ल्याएका छन् ।

सोही निर्वाचन क्षेत्रमा ४९ हजार नाै सय ५० मत खसेको थियो ।

तपाईंको प्रतिक्रिया