“पहिलाेपटक म्यादी प्रहरी हुदा धेरै कुरा सिक्न पाए”

 मङि्सर ०८, २०७९

तुलसीपुर । जतिसुकै किताबका दर्शन र सिद्धान्त मुखाग्र गरे पनि हातमा सीप छैन भने त्याे ज्ञान बाँदरकाे पुच्छर लाैराे न हतियार भने झै हुदाे रहेछ । सीप एउटा कर्मकुशलता हाे । सानै उमेरमा पनि व्यावहारिक अनि बालापनकाे अनुभव धेरै पाएकाे जस्ताे लाग्छ । उमेर संगै जिम्मेवारीकाे सिडि चडिरहेकाे जस्तो लाग्छ । जिन्दगीका पत्रपत्र केलाउँछु ती स्मरणीय पलहरु आजका दिनमा मूल्याङ्कन गर्छु- मेरा यति धेरै अनुभवले जीवनमा कहाँ स्थान पाए ? यिनकाे गणना कहाँ भयाे ? यी अनुभवभित्र गहिराे वेदना छ , अभाव छ, मूर्खता छ र बालसुलभ चञ्चलता पनि छ । तर आज म जुन धरातलमा छु यिनकाे कुनै साइनाे छैन । यिनले मेराे जीवनलाई कुनै काेणबाट सहारा दिएका छैनन् । यी केवल आजका दिनहरुमा अन्धविश्वासमा आधारित दन्त्यकथा मात्र साबित भएका छन् केवल विगतका पुराना यादहरु मात्र ‍भएका छन्।

सानै देखि पत्रकारीता र समाजसेवा मा रुचि राख्दै आएकाे म खाली समयको सदुपयोग र अनुभवका लागि आगामी मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफल पार्नका निम्ति म्यादी प्रहरीकाे जिम्मेवारी पाउँदा म एक्दमै खुशी थिए । म्यादी प्रहरी छनाेटका लागि हुने स्वास्थ्य , लिखित , माैखिक , आदि सम्पुर्ण सिडि चड्दै अन्तिममा पास हुदा एकातिर पास हुनुको खुसी थियो भने अर्कोतर्फ चिन्ता थियाे । जब नाम निकाल्न काे लागि खुल्ला मैदान दिउँसोकाे घाम , नियमकानुन आदि पालना गर्दै बस्नु पर्याे , त्याे मेरो लागि असजिलो अनुभव थियाे । तर ४/५ हजार बिच देखि छनाेट भएर अन्तिममा नाम निकाल्न सफल भइयाे त्याे मेराे लागि कुनै लाेक सेवा पास गरेकाे भन्दा कम थिएन । त्यसपछिकाे १० दिने तालिमकाे यात्रा, १० दिन मलाई वर्ष झै लाग्यो शरीर ले हार खाई सकेको थियाे भागाै झै लाग्थ्यो तर मन ले सम्झाउथ्याे- भाग्नु तेराे मुर्खता हाे । जब त भाग्छस् कायर् कहलाउछस् । मेराे लागि साचिकै पुलिस बन निकै गार्‍हो रहेछ। मान्छेलाई गार्‍हो कामहरु कहिले मन पर्दैन भन्ने कुराकाे अनुभव पाए दु:ख के रहेछ बुझने माैका पाए । त्यसपछि पुलिस मेराे लागि रहर हाेईन ! अहिले भने बाध्यता बन्यो । अनि सोच्न थाले यहाँबाट पाउने अनुभव संगैकाे केही रकम मैले अनावश्यक खर्च गर्नु हुदैन । मेराे पहिलो अनुभव संगैकाे थाेरै कमाई बुबा-आमा उहाहरुकाे लागि खर्चन सके भने र थाेरै आफ्नाे आवश्यकता पूरा गर्न सके भने मेराे दुख्ख ले सार्थकता पाउने छ । मेराे पहिलो आम्दानी ले मूल्य पाउने छ ।

काम सानाे हाेस् या ठुलो सबैको कर्तव्य र जिम्मेवारी उत्तिकै हुदाे रहेछ । ४० दिनमा मैले देखेकाे र भाेगेकाे त्यही मध्य एक ठुलाे जिम्मेवारी नै जिम्मेवारीकाे खानीमा पुरिएको विशाल सहनशीलशक्ति हाे पुलिस जस्ले न आत्मसन्तुष्टि पूरा गर्न सक्छ न आत्मचाहना । मनभित्र रहेकाे ब्यथा खुसी वा पीडा न उसले देखाउन सक्छ न त गुनासो पाेख्न । बादलै बादल माथि रहेकाे तारा जस्तै हाे उस्काे जिन्दगी, छ तर देखिदैन । त्यही भित्रकाे छाेटाे तर निकै कठिन यात्रा हाे म्यादी प्रहरीकाे यात्रा !

म्यादी प्रहरी हुदा मैले छाेटाे समयमा धेरै अनुभव बटुल्न सकेकाे छु । छाेटाे समयमा पनि प्रहरी देखि धेरै कुराहरु सिक्ने धेरै कुराहरु बुझने माैका पाएकाे छु । प्रहरीकाे हकहितमा के गर्नु पर्ने के नगर्नु पर्ने जन्ताहरु काे विचमा कसरी आत्मसात गर्ने , कुनैपनि कामहरु गर्दा आफुभन्दा उच्च व्यक्तिकाे अनुमति पास लिनु पर्ने , त्यसैगरी नियमकानुनहरु , समयको महत्त्व , आफु भन्दा उच्च व्यक्तिलाई गर्नु पर्ने सम्मान , कुनैकामहरु गर्दा आफू भित्र हुनुपर्ने आवश्यकता अनुसार देखाउनु पर्ने सक्रियता , सहनशीलता , लगनशीलता , मौनता आदि थुप्रै कुराहरु सिक्ने माैका पाएकाे छु ।

नाम छनाेट भइसकेपछि हामी म्यादी प्रहरीलाई पद्माेदय , झिङ्गी र पुलिस स्कुल गरि ३ भागमा बाडिएकाे थियाे । ३ भाग मध्य म लगाएत ३०० जनाकाे टाेली पद्माेदय स्कुलमा थियाे । त्यहा हाम्रो तालिम अवधि १० दिनकाे थियाे । १० दिनको यात्रामा हामी पुलिस बारे धेरै कुराहरु सिक्ने माैका पायु । हामी त्यहा सहि साब काे कमान्डमा थियो । तालिमकाे बेलामा हामीले धेरै दु:ख गर्याे निकै गार्हाे भयाे। विहानकाे ४ बजे उठ्नु पर्ने चर्पी जानकालागी लाइन लाग्नु पर्ने अनि हतार हतारमा ६ बजे सामेली हुनु पर्ने त्यसपछि बिहानकाे पि टि परेट ११ बजे सम्म अनि खाना खानकाे लागि फेरि पनि त्यहीँ लाइन अनि फेरि १ देखि २ बजे सम्मको कलास २ देखि ६ बजे सम्मकाे तालिम त्यही समय भित्र हामी फटिक गर्याे घाँस काट्याे फाेहाेर ठाउँहरु सफा गर्याे झाडिहरु सफा गर्याे र निरन्तर १० दिनको प्रयास, लगनशील र धैर्यताका बिच हामिले तालिम समाप्त गर्याे । तिहार नजिकै आइसकेको थियाे १ दिन घर जान पाए पनि मन निकै खुशी थियाे । अनि तिहारकाे अर्को दिन विहान ८ बजे उपस्थित हुनुपर्ने थियाे । त्यसपछि हामी त्यहाँ देखि नि फरकफरक ठाउँमा बाडियो । मेराे घाेराही उपमहानगरपालिका वडा नम्वर १७ चाैघेरा मन्दिरमा रहेकाे अस्थायी प्रहरी चाेकीमा पर्याे र म त्यहा उपस्थित भए त्यहा हामी भुपु म्यादी सहित नयाँ ५ जना गरि १४ जना म्यादी थियाे । त्यहा हामी हलदार जित बहादुर खत्री सरकाे कमान्डरमा थियाे । हामी तालिम पछि केहि दिनकाे पुलिस नै थियो । चाैघेरामा भुपु फौजीहरु काे बसोबास धेरै भएर हाेला यहाँ का स्थानीयहरु ले गर्ने व्यबहार राम्रो थियाे तर काेहि भने म्यादी लाई मिदि भन्ने , आदि नराम्रो नजरले हेर्नेकाे नि कमि थिएन । मलाई लाग्थ्यो नेपालमा प्रहरी कै इज्जत छैन भने हाम्रो कसरी रहला । हामी त केही दिनकाे सिमित म्याद (अवधि) भएकाे म्यादी प्रहरी हाै।

म्यादी प्रहरीकाे बिदाई कार्यक्रम

चाैघेरामा हाम्राे ३० दिनको बसाइँ थियाे । निर्वाचन सफल पार्नका लागि हामी गस्ती देखि लिएर ड्युटी सुरक्षा आदि सबै मिलेर गर्याे त्याे समयमा धेरै मान्छेहरु संग भेट भयाे गलत कामहरु सिक्दै गरेका भर्खरका युवा विद्यार्थी देखि लिएर जवान जम्मका धेरै त्यस्ता मान्छेहरु समात्न सफल भयाे । त्यस्ता धेरै युवा युवतीहरु देखे मैले जुन अपराध कामहरुमा अघि बड्ने क्रममा थिए । कतिलाई सम्झायाे र कतिलाई सजाय दियो । त्यसबाट नि मैले धेरै शिक्षा लिन पाए ।

साच्चिकै दैनिक रुपमा धेरै अपराध बड्दै गएकाे छ । समय ठिक छैन । मैले ४० दिन अवधिमा देखेको बुझेकाे- सबैलाई हरेक चीजको लोभ छ । लोभकै कारण अपराध बढेको छ । मानिसमा अहमता धेरै छ , घमण्ड ब्यवहारिकता धेरै छ , मान्छेमा आत्मसन्तुष्टि छैन , मान्छेमा ज्ञानबुद्दि काे लाेभ हुँदै गएकाे छ । मान्छे गलत संगत, गलत सिकाई-बुझाई र अल्छी पन ले गर्दा लागुओषध सेवन , विक्री वितरण , चाेरी , लडाइ , हत्याहिंसा आदि कारण ले अपराधहरु दिनप्रतिदिन बड्दै गएकाे छ ।

म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनुपर्ने हुन्छ । मापदण्डमा उल्लेख भएअनुसार म्यादी प्रहरीले प्रहरी जवानसरह ठाउँअनुसार सेवा-सुभिदा पाउने गर्दछ । तालिम लिएकालाई त्यसपछि निर्वाचन क्षेत्रमा खटाइन्छ र निर्वाचन काे मतगणना पूरा गरि म्यादी प्रहरीलाई पास आउट गरिने गर्दछ ।

निर्वाचन नजिकिँदै थियाे हामी निर्वाचन काे तयारीमा थियाे । निर्वाचनकाे दुई दिन अगाडि हामी वुद मा खटियाे त्यहाँ हामीले गर्नु पर्ने सम्पुर्ण कामहरू गर्याे । निर्वाचनका लागि दिनु पर्ने सुरक्षा दियाे र चुनाव हामीले पुर्ण रुपमा सफल पार्याे । यश अवधिमा धेरै साथिहरुकाे साथ माया पाईयाे धेरै मानिसहरु संग चिनजान भयाे धेरै मानिसहरु संग भेट भयाे र उनिहरु देखि फरकफरक अनुभव लिन पाइयाे । ४० दिनको अवधि मेरालागि जिन्दगी भरकाे लागि एउटा स्मरणीय पल बन्यो त्यसमा म धेरै खुशी छु ।

अंकित खनाल, तुलसीपुर -११ उरहरी (म्यादी प्रहरी हुदाकाे अनुभव)

तपाईंको प्रतिक्रिया