प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै

 मङि्सर १०, २०७९

काठमाडाैँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ।

निर्वाचन आयोगले शनिबार बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको हाे।

त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ।

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले अहिलेसम्म सात लाख १९ हजार तीन सय ७२ मत प्राप्त गरेको छ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ७८ हजार दुई सय ३३, जनता समाजवादी पार्टीले दुई लाख चार हजार सात सय २४, नेकपा एकीकृत समाजवादीले एक लाख ४८ हजार दुई सय १७ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३३ हजार पाँच सय चार मत प्राप्त गरेका छन्।

तपाईंको प्रतिक्रिया