स्वतन्त्र मजदुर संगठनको अधिबेशन माघ ७ गते हुने

 मङि्सर ११, २०७९


तुलसीपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङको अधिबेशन आउदो माघ ७ गते हुने भएको छ । संगठनको जिल्ला कमिटीको सम्पन्न बैठकले आउदो माघ ७ गते तुलसीपुरमा अधिबेशन गर्ने निर्णय गरेको हो ।साथै बैठकले संगठनका सदस्यहरुको सदस्यता नवीकरण पुस मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ । सदस्यता नवीकरण नगरेका र गर्न बाकी रहेकाहरुले कार्यलयमा सम्पर्क गर्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

बैठक कमिटीका जिल्ला अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षता एबम केन्द्रिय उपमहासचिव खगेन्द्र ओलिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।सो अबसरमा केन्द्रिय उपमहासचिव ओलिले सम्पुर्ण यातायात मजदुरहरु एकताबद्ध हुन आबस्यक रहेको बताउनु भयो । संगठनले श्रमजीवी यातायात मजदुरको मुद्दा बिगत देखिनै निरन्तर रुपमा उठाउदै आएको बताउदै उहाले सम्पुर्ण मजदुर एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

तपाईंको प्रतिक्रिया