घन्टीले फेरि माओवादीलाई उछिन्यो

 मङि्सर ११, २०७९

तुलसीपुर । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फको जारी मतगणनामा घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । पछिल्लो दुई दिनयता माओवादी केन्द्रले घण्टीमाथि अग्रता बनाउँदै आएकामा आइतबार रातिदेखि फेरि अग्रता घण्टीले नै अग्रता बनाएको हो ।


हालसम्म ९० लाख ९३ हजार मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९०३ मत पाएर तेस्रो स्थान ओगटेको छ । यस्तै चौथो स्थानमा पुगेको माओवादी केन्द्रले १० लाख ३७ हजार २२७ मत पाएको छ ।
यसैबीच जनमत पार्टीले नेकपा एकीकृत समाजवादी पार्टीलाई पछि पारेको छ । जनमतले २ लाख ४३ हजार मत पाउँदा समाजवादीले २ लाख ४१ हजार मत पाएको छ । जनमत र एकीकृत समाजवादी क्रमशः सातौ र आठौं स्थानमा रहेका छन् । यस्तै छैटौँ स्थानमा रहेको जसपाले ३ लाख ९ हजार मत पाएको छ भने पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ३७ हजार मत पाएको छ ।

तपाईंको प्रतिक्रिया