तुलसीपुरमा एक बृद्ध माथि खुकुरी प्रहार

 मङि्सर १७, २०७९

तुलसीपुर । दाङको तुलसीपुरमा एक जेष्ठ नागरिक माथि खुकुरी प्रहार भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर–३ सिस्नेरी निबासी ७० वर्षीय विजुली घर्तीमाथि खुकुरी प्रहार भएको हो । सामान्य विवादलाई लिएर स्थानीय जितबहादुर घर्तीले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

शुक्रबार राति खुकुरी प्रहार गर्दा विजुलीकोे टाउकोमा गहिरो चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने जीतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरेर अनुसन्धान गरेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया