छुवाछूत तथा लैंगिकतामा आधारित  हिसांका बिरुद्ध तालिम सुरु

 मङि्सर १८, २०७९

तुलसीपुर । छुवाछूत तथा लैंगिकतामा आधारित  हिसांका बिरुद्धमा महिला अगुवा कार्यकर्ता र महिला जनप्रतिनिधिहरुकाे लागि  क्षमता बिकास तालिम   तुलसीपुरमा  सुरु  भएको छ । दलित महिला सङ्घ जिल्ला शाखा दाङकाे आयाेजनामा तालिम भएको हाे । अध्यक्ष युवा कराराको अध्यक्षतमा एक कार्यक्रमका विच तालिम उद्घाटन गरिएको थियाे ।

तालिममा हिसां के हाे ? लैंगिकताका आधारमा हुने विभेद र समाधानका उपायका बारेमा चर्चा गरिएको थियाे । आज पहिलाे दिनकाे प्रशिक्षकमा दलित अधिकारकर्मि  खेमराज बिश्वकर्मा रहेका थिए  । भाेलि साेमवार सम्म सञ्चालन हुने तालिममा २० जना बढिकाे सहभागीता छ ।

तपाईंको प्रतिक्रिया