तुलसीपुरमा रुखबाट लडेर एक पुुरुषकाे मृत्युु

 मङि्सर १८, २०७९

तुलसीपुर । तुलसीपुरमा रुखबाट लडेर एक पुुरुषकाे मृत्युु भएको छ । उपमहानगरपालिकाकाे वडा-१ छाेटे सिवालय टोल निवासी अन्दाजी ३५/३६ बर्षका केशव पाण्डेको रुखबाट लडेर मृत्यु भएको ईप्रका तुलसीपुरले जनाएको छ । घर नजिककाे रुखमा चढेर घाँस काट्ने क्रममा उनी लडेका थिए । गम्भीर घाइते उनलाई उपचारकाे लागि प्रादेशिक अस्पताल तुलसीपुर लगेलगत्तै चिकित्सकले बिहान ९:५० बजे मृत घाेषणा गरेका थिए । 

तपाईंको प्रतिक्रिया