पोल्यान्डलाई हराउँदै फ्रान्स क्वाटर फाइनलमा

 मङि्सर १८, २०७९

काठमाण्डौ । पोल्यान्डलाई हराउँदै फ्रान्स विश्व कप फुटबल २०२२ को क्वाटर फाइनल (अन्तिम ८) पुगेको छ ।

कतारको अल थुमामा स्टेडियममा भएको खेलमा फ्रान्सले पोल्यान्डलाई तीन-एक गोलले हरायो । पहिलो हाफमा १-० गोलको अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्यो । फ्रान्सका ओलिभर गिरोडले ४४ औँ तथा केलियन एमबाप्पेले ७४ औँ र ९१ औँ मिनेटमा गोल गरे । पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गरे।

यस्तै आजै राति पौने १ बजे अर्को प्रि- क्वाटर फाइनलमा इङ्गल्यान्ड र सेनेगल खेल्दै छन्

तपाईंको प्रतिक्रिया