मोलुङ हाइड्रोपावरले पायो आईपीओ जारी गर्न अनुमति

 मङि्सर २१, २०७९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङ हाइड्रोपावर कम्पनीलाई आईपीओजारी गर्न अनुमति दिएको छ । बोर्डले मोलुङलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ । त्यसपछि सर्वसाधारणका लागि बिक्रि खुला हुनेछ ।

तपाईंको प्रतिक्रिया