समानुपातिकको ३३० सिट : कसले कति पाए ?

 मङि्सर २१, २०७९

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० गरी जम्मा ३३० सिटको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

बुधबार आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार एमालेले १०४ सिट पाएको छ । उसले संघमा ३४ र सात प्रदेशमा ७० सिट पाएको छ । दोस्रोमा रहेको कांग्रेसको एमालेभन्दा आठ सिट कम छ । कांग्रेसले संघमा ३२ तथा ७ प्रदेशमा ६४ सिट पाएको छ । तेस्रो स्थानको माओवादीले संघमा १४ र प्रदेशमा २९ सिट गरेर ४३ सिट पाएको छ ।

निर्वाचन अयोागको अन्तिम सूचीअनुसार नेकपा(एकीकृत समाजवादी)ले प्रदेशमा ९ सिट पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राप्रपाले संघ र प्रदेशमा गरेर २४ सिट पाएको छ । जसपा र जनमत पार्टीले समान १४ सिट पाएका छन् ।

तपाईंको प्रतिक्रिया