देशभर चिसो बढ्दै

 मङि्सर २२, २०७९

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले प्रदेश १ का साथै देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी आज राति प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया