भिरबाट लडेर एक पुरुषको मृत्यु

 मङि्सर २२, २०७९

रुकुमपूर्व । रुकुमपूर्वमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका १ को ठूलो सिस्नेमा दाउरा काट्न गएका अन्दाजी २९ बर्षीय नवीन बुढाको भिरबाट लडेर मृत्यु भएको हो ।

आज बिहान माथिल्लो सिस्नेमा दाउरा काट्न निस्केका बुढाको भिरबाट लडेर ज्यान गएको सिस्ने गाउँपालिका १ लामपाखाकी स्थानीय दिलकुमारी बुढाले बताएकी छन् ।

बुढा सिस्नेको आधारभूत बिद्यालय घुम्ती शिक्षा टोलमा पठाउँदै आएको स्थानीयले बताएका छन् । उनी शारीरिक रुपमा अशक्त रहेका थिए ।

तपाईंको प्रतिक्रिया