सुनाखरी सिकाई मेलाको तयारी तिब्र

 मङि्सर २२, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित माबि कालाखोलामा हुने सुनाखरी सिकाई मेलाको तयारी तिब्र पारिएको छ । पुस १४ गते हुने एकदिने सुनाखरी सिकाई मेलाको आवस्यक तयारी अघि बढाईएको आयोजक विद्यालय माबि कालाखोलाका प्रधानाध्यापक राजिब ओझाले जानकारी दिए । उनका अनुसार मेला सफल पार्नका लागि गठित समितिले आआफ्नो जिम्मेवारी अनुसार तयारी तिव्र पारेका छन । तुलसीपुर उपमहानगर भित्रका ८ विद्यालय र तुलसीपुर उपमहानगरपालिका लगायत ९ वटा संस्थाहरुको संयुक्त आयोजनामा हुने सिकाई मेला सञ्चालन हुन लागेको हो ।

जस अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, माबि कालाखोला, सरस्वती माबि दमारगाउँ, अम्बेश्वरी माबि अम्बापुर, माबि प्रतापकोट, माबि भित्री सक्राम, नवजागरण माबि कुटेचौर, माबि बालापुर र जनज्योति माबि तुहिरनियापुर आयोजक रहेको प्रधानाध्यापक ओझाले जानकारी दिए ।

मेलामा विद्यार्थीहरुलाई ब्यवहारीक ज्ञानका लागी परियोजना कार्य अन्र्तगत स्टल मार्फत प्रर्दशन गर्ने विद्यालयका कर्मचारी मित्रलाल खनालले बताए । मेलामा सहभागी विद्यालयका २० वटा र अतिथी विद्यालय गरेर ४० वटा शैक्षिक स्टलहरु रहने छन ।

तपाईंको प्रतिक्रिया