उरहरीमा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु,  सहिद स्मृतिकाे विजयी सुरुवात

 मङि्सर २२, २०७९

तुलसीपुर । तुलसीपुर – ११ स्थित अमर माध्यमिक विद्यालयमा आयाेजित अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा सहिद स्मृति विद्यालयले विजयि सुरुवात गरेकाे छ । उद्घाटन खेलमा मेट्राे कलेजलाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेकाे हाे । सुरु देखि नै दवावमा राखेकाे सहिद स्मृतिले पहिलाे हाफमा १-० ले अग्रता लिएको थियोे ।

कक्षा १२ का विद्यार्थीकाे आयाेजनामा भएको प्रतियोगितामा ११ विद्यालयका १२ टिमकाे सहभागीता रहेकाे छ । प्रतियाेगितामा  प्रथम, द्वितीय हुनेलाई नगद सहित ट्रफि,मेडल,प्रमाणपत्र वितरण गरिनेछ । यसैविच प्रतियोगिताकाे उद्घाटन अवसरमा बाेल्ने बक्ताहरुले श्वास्थ्य र अनुशासनकाे लागि खेलकुदकाे महत्त्व रहने बताएका थिए । विद्यार्थी नाेखराज बाठाकाे अध्यक्षता तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खुसिराम चाैधरीकाे प्रमुख आतिथ्यमा प्रतियोगिताकाे उद्घाटन  भएको हाे । त्यस अवसरमा प्रमुख अतिथि चाैधरीले रिबन काट्दै खेलकुद शिक्षक डम्बर भण्डारीलाई फुटबल हस्तान्तरण गरि प्रतियोगिताकाे उद्घाटन गरेका थिए । उद्घाटन अवसरमा शिक्षक अभिभावक सङ्घका अध्यक्ष लिलाधर डागि,प्रधानाध्यापक पदम बहादुर वली लगायतले बाेलेका थिए । कार्यक्रमकाे सहजिकरण विद्यार्थी चिरञ्जीवी भण्डारीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया