थाइल्याण्ड सैनिकको कारबाहीमा १५ शंकास्पद तस्करको मृत्यु

 मङि्सर २२, २०७९

उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ‘गोल्डेन ट्रेंगल’ नजिकै लामो समयदेखि तस्करीको अखडाका रुपमा रहेको उक्त विवाद भएको हो ।

उत्तरी च्याङ माई प्रान्तमा गस्ती गरिरहेका निगरानी अधिकारीहरूले म्यान्मारको तर्फबाट हिंडिरहेका करिब २० जनालाई भेटेको सीमा प्रान्तको अनुगमन गर्ने फा मुआङ टास्क फोर्सका एक अधिकारीले बताए ।
अनुसनधानका लागि रोकिन आदेश दिएपछि समूहका सदस्यले गोली चलाएको र सैनिकले जवाफी फायरिङ गर्दा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । घटनास्थलबाट ३० बोरा लागुऔषध बरामद गरिएको अधिकारीले बताएका छन् । इकान्तिपुरबाट साभार

तपाईंको प्रतिक्रिया