घोराहीमा रास्ट्रपति रनिङ शिल्ड सुरु

 मङि्सर २३, २०७९

तुलसीपुर । घोराही उपमहानगरपालिका स्तरीय १५औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । महेन्द्र माबी धर्ना घोराही ५ मा आयोजना गरेको प्रतियोगिताको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जितबहादुर केसिको अध्यक्षतामा एक कार्यक्रमका विच उद्घाटन कार्यक्रम भएको थियो ।

प्रतियोगितामा ४२ वटा बिद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको छ । मंसीर २६ गते सम्म चल्ने प्रतियोगितामा विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन ।

तपाईंको प्रतिक्रिया