कोरोनाको हाउगुजि बढि

 भदौ १८, २०७७

भदौ, १८ ।
कोरोना भाईरस समाजमा त यो निकै ठुलो हाउगुजि बनेको छ । कोरोनाले भन्दा कमजोर हाम्रो समाजले नबुझेको हाउगुजिले मानिसको ज्यान लिने देखिन्छ । हामी पनि हाउगुजिकै पछाडि छौ । अझ भनौ कुनै कुरा हामिले राम्रोसँग बुझ्न सकेको छैनौ र चाहदैनौपनि । तर हल्लाको भरमा अरुलाई हेला,घृणा गर्नतिर हामि बढि रुचि राख्छौ । यो एकदमै गलत हो । हाम्रो गाउँ ,समाजमा सचेतना जगाउनु भन्दा भ्रम फैलाउने जमात ठूलो त छैन । तर पनि हामी यथार्थ नबुझ्ने अलि बढि छौ ।

कोरोना लाग्नु सामान्य कुरा हो । सबैलाई एउटै खालको लक्षण पनि देखिदैन । कुनै मानिसलाई कोरोनाको कुनै असर नदेखिन पनि सक्छ । कोरोनाले बालक, बयस्क, बृद्ध चिन्दैन । तर नेपालमा ज्यानेको आंकडा हेर्दा दिर्घ रोगिहरु बढि देखियो । यद्यपी सतर्कता त सबैले अपनाउन नै पर्दछ । कोरोनाको हाल सम्म कुनै औषधि बनी नसकेको हुदा हाम्रो वरपर पाईने जडिबुटी हरुको उपयोग गर्नु उत्तम देखिन्छ ।

असुरो , दालचिनि , गुर्जो , मरिचको झोल पिउन दिनु निकै लाभदायक ठानिएको छ । त्यस्तै काचो, हलेदो , मरिच ,ज्वानो , टिमुरको झोल पनि खानु श्वास्थ्यका लागि फाईदा नै हुन्छ ।
सन्तोष खनाल, हाल कुवेतबाट

तपाईंको प्रतिक्रिया