दर्शक स्रोताको मन जित्दै ‘बाँचेको छु धन्न’

 असोज ०८, २०७७

काठमाडौं ।

गायक बिक्रम परियार र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको ‘बाँचेको छु धन्न’ बोलको लोक तथा दोहोरी गीतले छोटो समयमा नै चर्चा पाएको छ । मायामा बिछोडिएको पिडा समेटिएको गित दर्शक स्रोताले रुचाएका छन । शिव सुवेदीको युट्युब च्यानलबाट रिलिज भएको ‘बाँचेको छु धन्न’ले बिहिवार विहान सम्ममा ७ लाख बढि भ्यू पाएको छ । उक्त गितमा डा.शिव सुवेदीको शब्द र संगीत रहेको छ ।

म्युजिक भिडियोमा गौरव पहाडी, आशा खड्का, भद्रा कुँवर, कवीर गैरेको अभियन रहेको छ ।

तपाईंको प्रतिक्रिया