कुलेन्द्र र बिष्णुको आवाजमा ‘भिटामिन यु’

 मङि्सर ०६, २०७७

काठमाडौं ।

नेपालि लोक दोहोरि क्षेत्रमा एउटा इतिहास रच्न सफल भएका चर्चित दूई आवाज गायिका बिष्णु माझी र गायक कुलेन्द्र बिश्वकर्माको आवाजमा फेरि अर्को नयाँ ‘भिटामिन यु’ बोलको गीत बजारमा आएको छ । कृष्ण केसी को शब्दमा रहेको उक्त गीतमा लय हरि लम्सालको रहेको छ । गीत लाई आफ्नो मन युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा चर्चित नायक तथा पछिल्लो समय अर्थात कोभिड १९ को समयमा पनि मियुजिक भिडियो मा निकै ब्यस्त मोडल पल शाह, चर्चित मोडल दुर्गेश थापा र मोड्ल गरिमा शर्मालाई देख्न सकिन्छ । गीत को म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको बताइएको छ ।गित को भिडियो निर्देशन मौसम हिमालिले गरेका हुन ।

तपाईंको प्रतिक्रिया