ओलीको अबको योजना: ५० लाख मत, १२० सिट (अडियो सहित)

 पुष ०८, २०७७

काठमाडौं। 

प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलबार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चुनावी अभियान थालिने बताएका हुन् ।

उनले सो निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अभियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चुनावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए ।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया