दलित पत्रकार र अगुवा सम्मानित

 फागुन १५, २०७७


तुलसीपुर ।

दलित पत्रकार संघ दाङको तेस्रो अधिबेशनकाे अबसरमा दलित अगुवा र पत्रकार सम्मानित भएका छन । घोराहीमा भएको कार्यक्रममा

राष्टिय दलित पत्रकार दाङका उपाध्यक्ष लक्ष्मण बिश्वकर्माकाे अध्यक्षता तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा अधिबेशनकाे उद्घाटन भएको छ । सोहि अवसरमा पत्रकार जनक नेपाली ,वसन्त परियार , प्रिया स्मृति गजमेर , तेज बहादुर परियारलाइ पत्रकारिताकाे माध्यमबाट याेगदान गरेकाे भन्दै सम्मान गरिएको हाे । यस्तै दलित समुदायकाे हक हितकाे लागि अान्दोलनमा भुमिका खेलेकाे भन्दै जाेगेन्द्र बिश्वकर्मा,राजु परियार, झुपलाल नेपाली ,मान बहादुर बिश्वकर्मा, लाई सम्मान गरिएको थियाे ।

तपाईंको प्रतिक्रिया