भोटेमेला सुरु हुदै, मेलाबारे यसो भन्छन वडाध्यक्ष केसी

 फागुन २६, २०७७

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ कालाखोलमा आज देखि ऐतिहासिक भोटे मेला २०७७ सुरु हुदै छ । फागुन २६ गते देखी चैत २ गते सम्म लाग्ने मेलाको सबै तयारी पुरा भएको आयोजक तुलसीपुर एक्सप्रेस प्रालिका अध्यक्ष तथा मेलाका संयोजक दोर्ण आचार्यले बताएका छन । उनका अनुसार आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको मेलाको औपचारीक उद्घाटन आज बिहान ११ बजे तय गरिएको छ ।

त्यस अवसरमा बाजागाजा सहित विभिन्न झाँकी जुलुस प्रदर्शन गरिने छ । त्यस्तै मेलाको पहिलो दिन घोडादौड प्रतियोगिता, देउडा नाच, सल्यानी लोपोन्मुख संस्कृति, लोक दोहोरी प्रतियोगिता, डान्स आईकन अडिसन प्रस्तुत गरिने सांस्कृतिक संयोजक दिपक कुमालले बताए ।
यसैविच, ऐतिहासीक मेलाबारे वडा नम्बर ७ का वडाध्यक्ष टोप बहादुर केसी यसो भन्छन् ।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया