कलाकर्मीद्वारा पेन्सनको माग

 चैत ०५, २०७७

काठमाडौंँ ।

चलचित्र कर्ममा २५ बर्ष भन्दा बढि बिताएका कलाकर्मीलाई सरकारले सम्मान स्वरुप पेन्सन (निवृत्तभरण)को व्यवस्था गर्नुपर्ने माग चलचित्रकर्मीहरुले राखेका छन् । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी बजेट, सरकारको नीति तथा कार्यक्रमका लागि चलचित्र क्षेत्रलाई समेट्न के कस्तो कार्यक्रम ल्याउनु पर्ने सुझाव संकल गर्न आयोजित एक कार्यक्रममा कलाकर्मीले सो माग राखेका हुन् ।

कार्यक्रममा आर्थिक वर्ष २०७७–७८ मा नेपाल सरकारले कलाकार संघको भवन निर्माणमा बजेट, चलचित्रकर्मीहरुको निशुल्क उपचारको व्यवस्था, चलचित्र विकास बोर्डलाई स्वायत्तता, कलाकार संघको कलाकार कल्याण कोषमा सरकारी अनुदान लगायतका माग सहित थुप्रै सुझाव दिएका थिए । सोही अवसरमा कलाकर्मीले विशिष्ट चलचित्रकर्मी परिचयपत्रको सहुलियत सुविधा कार्यन्वयन तथा वितरण निरन्तरता दिनुपर्ने, विश्वका धेरै मुलुकमा नेपाली चलचित्रको विकास, विस्तार गर्ने उद्देश्यले प्रत्येक नेपाली राजदूतावासमा बिज्ञ सहचारीको व्यवस्था गर्नुपर्ने माग समेत अगाडि सारे ।

तपाईंको प्रतिक्रिया