पछिल्लो २४ घण्टामा भारतमा यो बर्षकै धेरै कोरोना संक्रमित

 चैत १९, २०७७

काठमाडौ ।

पछिल्लो २४ घण्टामा भारतमा भारतमा एकै दिन यो बर्षकै सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि गत चैत्र १६ मा भारतमा यो वर्षको दोस्रो धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको भारतमा आज थप ७२ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण भएको हो ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २२ लाख २० हजार ६६९ पुगेको छ । भारतमा १ करोड १४ लाख ७२ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ८५ हजार २१५ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९६० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ४५८ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया