बेलझुण्डी क्षेत्र बिकास समितिको ७औं साधारणसभा सकियो

 चैत २५, २०७७

तुलसीपुर ।

दाङको बेलझुण्डीमा बेलझुण्डी क्षेत्र बिकास समितिको ७औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उप कुलपति प्राडा यादव प्रकाश लामिछानेको प्रमुख आतिथ्यता एवं नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव माधब अधिकारीको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा विश्वविद्यालय र यसका भाबि योजनाका बारेमा उप कुलपति लामिछाने र कुल सचिव अधिकारीले प्रस्ट पार्नुभएको थियोे । कार्यक्रममा तुलसीपुर १८ का वडा सदस्य धनबहादुर बस्नेत र वडा नं १७ का वडा सदस्य मदनबहादुर बस्नेतले विश्वविद्यालयको अहिलेको सबैभन्दा ठुलो चुनौती जग्गा ब्यबस्थापन रहेको बताउनुभयो । यसैविच, बन्द सत्रले चन्द्रबहादुर वलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा डम्बरबहादुर बुढाथोकी ,सचिवमा लालबहादुर डाँगी ,कोषाध्यक्षमा राजन लामिछाने ,सह सचिवमा कृष्णबहादुर केसी र सदस्यहरूमा हिमबहादुर चौधरी , बिजुला परियार ,सर्मिला बिक र कर्णबहादुर नेपाली चयन हुनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय र स्थानीय बिच पुलको रुपमा काम गर्दै बिगत २०६४ सालदेखि समितिले कार्य गर्दै आएको समितिका अध्यक्ष चन्द्रबहादुर वलीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण समितिका सचिव लालबहादुर डाँगीले गर्नुभएको थियोे ।

तपाईंको प्रतिक्रिया