टरिगाउँ एयरपोर्टमा जडित अत्याधुनिक उपकरणको उद्घाटन

 चैत २८, २०७७

तुलसीपुर ।

तुलसीपुरको टरिगाउँ एयरपोर्टमा जडान गरिएको अत्याधुनिक उपकरण (टावर कन्सोल ) को उद्घाटन गरिएको छ । कन्सोलको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेल उद्घघाटन गर्नु भएको हो । प्रविधिको विकासले दाङबासीको जहाँज चढ्ने सपनालाई थप बलियो बनाउँदै लगेको नगर प्रमुख पाण्डेले बताउनुभयो ।

तुलसीपुरको एयरपोर्टबाट नियमित बिमान संचालन गर्ने कठिनपूर्ण कार्यलाई चिर्दै सहजपूर्ण अवस्थाम आइपुगेको उहाँले बताउनुभयो । उपमहानगरपालिकामा आफु आइसकेपछि नियमित हवाइ उडान, टर्मिनिल भवन र टावर कन्सोलको काम पुरा भएर अब हवाई इन्धन डिपो निर्माणको प्रकृया अघि बढेको नगर प्रमुख पाण्डेले बताउनुभयो ।

उपकरण जडान भएपछि हावाको गति, दिशा, हावाको चाप, तापक्रम, हावामा चिस्यान, आद्रताको मात्रा डिजिटल मेसीनमा देखिने भएकाले दाङ– काठमान्डौ र काठमान्डौ–दाङको हवाइ उडान सुरक्षीत भएको नागरिक उड्डयन कार्यालय तुलसीपुरका उपप्रवन्धक कैलाश शर्माले जानकारी दिनुभयो ।

यस अघि सामान्य उपकरणले काम चलाउने गरिएको थियो । अत्याधुनिक नभएपनि सामान्य उपकरणले अनुभव र खुल्ला आँखाले देखेका भरमा पाइलटलाई मौसमका बारेमा जानकारी दिनुपर्ने बाध्यता थियो ।

तपाईंको प्रतिक्रिया