नायिका गरिमा पन्त आमा बन्दै

 बैशाख ०३, २०७८

काठमाडौं ।

नेपाली सिने जगतकी कुनै बेलाकी चल्तीकी नायिका गरिमा पन्त आमा बन्दै छिन् । हाल अमेरिकामा बस्दै आएकी गरिमाले आफू गर्भवती भएको खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी हुन् ।

गरिमाले नयाँ वर्षको अघिल्लो दिन इन्स्टाग्राममा श्रीमानसँगको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘श्रृष्टिबाट श्रृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’ उनको यो पोस्टमा उनलाई हज्जारौंले बधाई दिएका छन् ।

तपाईंको प्रतिक्रिया