बत्ती बाल्ने सपना पुरा गर्दै कपुरकोट गाउँपालीका

 बैशाख ०७, २०७८

सल्यान ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ को केन्द्रमा पहिलो पटक विजुली बत्ति बलेको छ । सोमबार ४ नम्बर वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष भिम बहादुुर सेनले ११ केभी विद्युत लाईनको उद्घाटन गरेका छन । सो अवसरमा उनले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताए । उनले अव वस्तीहरुमा विजुली बत्ति जडान गर्न पनि आग्रह गरे ।

वडा नम्बर ४ को गांडापानी सम्म नै मुख्य लाइनको लागि पोल गाड्ने तथा तार तान्ने काम सम्पन्न भैसकेको छ । अव ४ नम्बर वडाका वस्तीहरुमा शाखा लाईन विस्तार गर्न बाँकी रहेको बताइएको छ ।

वडा नम्बर ४ का वडा अध्यक्ष हरिलाल पुनको अध्यक्षतामा भएको विद्युत लाईन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकिय अधिकृत मोहन खड्का, नेकपा एमालेका प्रतिनिधि मित्र कठायत, नेपाली कांग्रेसका प्रतिनिधि गोपाल बुढा, माओबादी केन्द्रका प्रतिनिधि खड्क सिंह ठकुरी लगायतले मन्तव्य राखेका थिए । ४ नम्बर वडा सदस्य चित्र बहादुर थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्तमको संचालन शिक्षक हस्त बहादुर बुढाले गरेका थिए ।

तपाईंको प्रतिक्रिया