दंगीशरणका विपन्न समुदायलाई जस्तापाता

 बैशाख ०८, २०७८


दिप्तीशिखा चौधरी, दंगीशरण ।
दंगीशरण गाउँपालिकाले विपन्न समुदायका २ सय ५५ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । बर्षैदेखि खरले छाएका घरमा बस्दै आएका ति घरधुरीहरुलाई यस आर्थीक बर्षमा जस्तापाता वितरण गरिएको हो । बर्षौ आगलागि हुने समस्या बाट मुक्त दिलाउँनका लागि जस्तापाता वितरण गरिएको अध्यक्ष भागिराम चौधरीले जानकारी दिनुभयो ।

गाउँपालिकामा यस बर्ष २ सय ५५ जनालाई जस्तापाता वितरण गर्ने लक्ष्य लिईएको थियो भने २ सय ९ घर परविारलाई ५० हजारका दरले प्रतिपरिवारलाई रकम उपलब्ध गराउने तयारी भईरहेको अध्यक्ष चौधरीले जानकारी दिए । एकल, अपांगता, दलीतहरुलाई प्राथमिक्तामा राख्दै जस्तापाता वितरण गरिएको हो ।

संघिय सरकारको सहयोगमा स्थानीय पालिका सरकारले खरका छाना हटाएर जस्तापाताले घर छाउँने कार्यक्रम ल्याएको हो । विषेशगरी विकट वडाका रुपमा लिईदै आएको दंगीशरण गाउँपालिका वडा न. १ र २ का विपन्न नागरीकहरुलाई मध्यनजर गर्दै जस्तापाता वितरण गरिएको हो । वडा अध्यक्षहरुका अनुशार वडा न. १ मा ६६ जना, वडा न. २ मा ८० जना, ३ न.मा १४ जना, ४ न. मा २८ जना, ५ न. मा २१, ६ न. मा ३२ जना र ७ न. वडामा १४ जनालाई वितरण गरिएको हो ।

आगलागि र अन्य विपतका घटना बढ्न थालेपछि फुसको छानो हटाउँने अभियान अन्र्तगत संघिय सरकारको सहयोगमा स्थानीय सरकारले खरको छानो हटाई वडा कार्यालय मार्फत घरपरिवार छनौट गरी जस्तापाता वितरण गर्ने योजना अघि सारेको हो । जस्तापाता वितरणले आगलागी, पानी चुहिने जस्ता समस्या बाट छुट्कारा पाईएको भन्दै विपन्न घरपरीवारका नागरीक खुसी भएका छन् ।

तपाईंको प्रतिक्रिया