‘देश विकासमा जनगणनाको महत्व’

 बैशाख ०९, २०७८

दिप्तीशिखा चौधरी, दंगीशरण ।
जनगणना २०७८ सचेतना गोष्ठि आज दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । स्थानीय जनगणना कार्यालय तुलसीपुरको आयोजनामा भएको कार्याक्रममा स्थानीय तहमा कसरी जणगणना गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँपालिका भित्र हुने जनगणना पारदर्शि तरीकाले हुनुपर्ने बताउँनुभयो । राम्रो निती निर्माणका लागि जनगणना सहि लिनुपर्ने बताउँनुभयो । सुपरीवेक्षक र गणकहरुलाई सल्लाह लिएर काम गर्न आग्रह समेत गर्नुभयो ।

सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले प्रशासनमा कुनै प्रकारको गल्ती नआउँने गरी जनगणना संकलन कार्यमा खटिन आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला जनगणना अधिकारी तुलसीराम पोख्रेलले नेपालमा जनगणनाको ईतीहास, यसको महत्व, यसको प्रयोगको संवैधानीक ब्यवस्था, दिगो विकासका लक्ष्यहरु लगाएतका विषयमा जानकारी गराउँनु भएको थियो ।

सो अवसरमा वडा न. २ का वडा अध्यक्ष तुलसीराम देवकोटा, नेकपा एमालेका भरत अधिकारी, नेपाली कांग्रेसका शोभाकर न्यौपाने, विरेन्द्र मा.वि.का प्रअ खिमराज खनाल लगाएतले आ–आफनो धारण राख्नु भएको थियो । राष्ट्रिय जनगणना २०७८ समन्वय समितिका अनुशार वडा अध्यक्षको संयोजकत्वमा सम्वन्धित वडाको प्रअ, एक जना, वडा सदस्य महिला सहित दुई जना र वडा सचिव गरी पाँच सदस्य रहने ब्यवस्था गरेको छ ।

जनगणनाका लागि दंगीशरणमा सुपरीवेक्षक ७ र र गणक २३ जना रहेका छन् । गोष्ठिमा जनप्रतिनिधि, विद्मालयका प्रअ, शाखा प्रमुख, प्रहरी प्रशासनहरुको सहभागिता रहेको छ । गोष्ठिको शहजीकरण गोपालराज उपाध्यायले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया