विद्यालय नजाने वातावरण बनाईदिन ज्ञापनपत्र पेश

 बैशाख १०, २०७८

तुलसीपुर ।
कोरोनाको दोस्रो लहर सुरु भएको अवस्थामा दाङको घोराही र तुलसीपुर क्षेत्रका विद्यालय बन्द गर्ने सरकारले निर्णय गर्यो । सोहि निर्णय लाई आधार मानेर घोराही उपमहानगरपालीकाले शिक्षक विद्यार्थीलाई लाई नै विदा दियो । तर तुलसीपुर उपमहानगरपालीकाले भने शिक्षकलाई विहान १० देखि ४ सम्म अनिवार्य उपस्थीती हुने निर्णय गरेर सुचना जारी गर्यो ।

उक्त निर्णय मान्दै दुई दिन सम्म विद्यालय समयमा बसेका शिक्षक कर्मचारीले विहिवार भने निर्णयलाई पुर्नविचार गर्न माग गर्दै विभिन्न विभिन्न शिक्षक संघ संगठनले उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । कोरोना महामारीको जोखिम बढेकाले विद्यालयमा उपस्थित भई वैकल्पिक शिक्षण विधिद्धारा पठनपाठन गराउन कठिनाई भएकाले निर्णय पुर्नबिचार गर्न माग गर्दै नगर प्रमुख घनश्याम पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा तुलसीपुर शिक्षक महासंघका अध्यक्ष ढक बहादुर वली, जिल्ला शिक्षक महासंघ दाङका सचिव नवराज डाँगी, नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुरका अध्यक्ष पदम बहादुर वली, नेपाल शिक्षक संघका अध्यक्ष लेबेन्द्र केसी, एकीकृत अखिल नेपाल शिक्षक संगठन तुलसीपुरका अध्यक्ष पूर्ण पुन लगाएत विभिन्न संगठनका प्रतिनिधिले हस्ताक्षर गरेका छन । ज्ञापनपत्र पेश गर्नेक्रममा विद्यालयका प्रधानाध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया