धरहराको उद्घाटन आज

 बैशाख ११, २०७८


तुलसीपुर ।

२०७२ सालको भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सकिएपछि आज उद्घाटन गरिँदैछ । काठमाडौँको सुन्धारास्थित धरहरा परिसरमा हुने विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे नवनिर्मित २२ तले धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भूकम्पले भत्किएको मुल धरहरा निर्माणको कामसकिएपछि उद्घाटन गर्न लागिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । भूकम्पका कारण भत्किएको ९ तले धरहराकै स्वरुपमा अहिले २२ तलाको धरहरा बनाइएको हो । आज उद्घाटन भएपनि धरहरा सर्वसाधारणका लागि भने खुला हुन अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको छ ।

तपाईंको प्रतिक्रिया